नवलपरासीः बर्दघाटमा पुन मेयरमा उम्मेदवारी दिएका एमालेका शर्मा पराजित


 



रामकुमार श्रेष्ठ ।




नवलपरासीः पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पुन नगरप्रमुख पदमा उम्मेदवारी दिएका नेकपा एमालेका धिरज शर्मा बस्याल पराजित भएका छन् । उनी काँग्रेस माओवादी गठबन्धनका उम्मेदवार बनेका काँग्रेसका शम्भुलाल श्रेष्ठसँग पराजित भएका हुन् त्यो पनि ५ हजार बढीको मत अन्तरका साथ ।

 

२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट नगरप्रमुखमा निर्वाचित शर्मा यस पटक पनि पुन नगरप्रमुखमा दोहोरिने आकांक्षा सहित उम्मेदवार बनेका थिए ।

 

काँग्रेस माओवादी गठबन्धनबाट नगर प्रमुख पदमा उम्मेदवार नेपाली काँग्रेसका शम्भुलाल श्रेष्ठले १८४८९ मत प्राप्त गर्दा एमालेका शर्माले १३३२७ मत मात्र प्राप्त गरे ।

 

शर्मा २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट नगरप्रमुखमा निर्वाचित भएका थिए । शर्माले २०७४ को निर्वाचनमा नेपाली काँग्रेसका विश्वप्रेम पाठकलाई ११४० मत अन्तरले पराजित गरेका थिए ।

 



सम्बन्धित
Loading...