नवलपुर : बेलबारीमा एमालेको विजयी र्यालीमा जाने क्रममा अटो पल्टिदा १६ जना घाईते

नवलपुर ।
पूर्वी नवलपरासीमा ने.क.पा. एमालेको विजय र्यालीमा जाने क्रममा कार्यकर्ता बोकेको अटो दुर्घटना भएको छ ।
प्रहरी चौकी तम्सरियाका अनुसार हिजो मध्यविन्दु नगरपालिका वार्ड नम्बर १५ बेलबारी स्थित भित्रि सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको हाल नम्बर नखुलेको कार्यकर्ता बोकेको अटो आफै अनियन्त्रित भई पल्टिन जादा दुर्घटना भएको हो ।
प्रहरीले अटोमा स्थानिय तह निर्वाचनमा विजयी भएको भन्दै विजयी र्यालीमा हिडेका अन्दाजी १५/ १६ जना ने.क.पा. एमालेका कार्यकर्ता सवार रहेको बताएको छ ।
घाईतेहरुलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा तथा नारायणी सामुदायिक अस्पताल चितवन पठाईएको छ ।
घाईतेहरुको विवरण
१० जिल्ला नवलपरासी ९पूर्व० मध्यबिन्दु न।पा। ११ अरुणखोला बस्ने वर्ष ६० को मिठुमाया थापा टाउकोमा चोट,मध्यम ।
२० ऐ,ऐ बस्ने बर्ष ४१ की कालिका रजाली बाया खुट्टामा चोट,मध्यम ।
३० ऐ,ऐ बस्ने वर्ष ३९ की बिष्णु अधिकारी बायां हातमा चोट सामान्य ।
४० ऐ,ऐ बस्ने वर्ष २४ की रिमा राना बाया खुट्टामा चोट,सामान्य ।
५० ऐ,ऐ बस्ने वर्ष ३८ की सिमा कंडेल बाया हातमा चोट,सामान्य ।
६० ऐ,ऐ बस्ने वर्ष ३० की सारदा अधिकारी दाया हातमा चोट सामान्य ।
७० ऐ,ऐ बस्ने वर्ष ३० की सम्झना अधिकारी बाया हातमा चोट सामान्य
नोटः(सि।नं।१,२ र ५ को घाईतेहरु नारायणी सामुदायिक अस्पताल चितवनमा उपचार हुदै अबस्था ऐ।रहेको,अन्य घाईतेहरु डिस्चार्ज भएको,चालक(मध्यविन्दु न।पा।(११ कुसुण्डे बस्ने वर्ष ५२ को ईमान ब।बोहरा सम्पर्कमा रहेको ९००