स्थानीय तहः यि हुन नवलपुरका पालिकाले पाएका महिला नेतृत्व




नवलपरासी ६ जेठ ।

नवलपरासी पूर्वको हुप्सेकोट गाउं पालिकामा महिला नेतृ लक्ष्मी देबी पाण्डे बिजयी भएका छन् । उनी यस अघि पनि सोही गाउंपालिका अध्यक्ष थिइन । देशकै सबै भन्दा ठूलो फलाम खानी यही गाउंपालिकाको धौवादीमा रहेको छ ।

 




नवलपुरमा स्थानीय तह निर्वाचनमा कतिपय पालिकाहरुमा गठबन्धनले प्रमुख उपप्रमुखमा पुरुष पुरुष उम्मेदवार उठाए पनि पुरुष उम्मेदवारलाई पछाडि पार्दै नवलपुरका ७ पालिकाले उपप्रमुख र उपाध्यक्षमा महिला नेतृत्व पाएको छ भने उपाध्यक्ष महिला नेतृत्व नपाएको पालिकामा अध्यक्ष नै महिला नेतृत्व पाएको छ ।

नगर तथा गाउंपालिकाका उप मेयर तथा उपाध्यक्षहरुमा शान्ति कोईराला गैडाकोट, पार्वता तिवारी देवचुली नगरपालिकामा विजयी भएका छन् ।

त्यसैगरी कावासोतीको उपमेयरमा फूल कुमारी थनेत विजयी भएका छन् । मध्यबिन्दुमा पूर्णकला चौधरी, बुलिङटार उपाध्यक्षमा दीलमाया राना, बौदिकालीमा डिलकुमारी सारु तथा विनयीमा भगवती बैदवार सहनेतृत्वमा आएका छन् ।

यसरी नै गैडाकोट नगरपालिका वडा नं. १४ मा नेकपा एमालेकी उम्मेदबार कोकिसरा राना मगर वडाध्यक्षमा बिजयी भएका छन् ।

देवचुली नगरपालिका ७ मा एमालेकै तर्फबाट भूमिसरा आले र बिनयी त्रिवेणी गाउंपालिका २ मा पुष्पा आले मगर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

आधा आकाश ओगटेको महिला समुदाय माझ उदीयमान महिला नेतृहरुबाट समाजले समग्र गाउ, नगरं र वडामा बाडिएका प्रतिबद्धताको अक्षरस कार्यान्वय हुने आश गरेको एक स्थानीयले बताए ।

 

 



सम्बन्धित
Loading...