बालेनको अग्रता कायमै, केशवसँग सिर्जनाले घटाइन् मतान्तर


 



काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार बिहान ७ बजेसम्मको आधिकारिक मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका शाखा अधिकृत प्रेम कुमार श्रेष्ठले शाहलाई ३१ हजार १४५ मत प्राप्त भएको जानकारी दिए ।

 

उनका अनुसार एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार ९१८ मत पाएका छन् भने काँग्रेसकी सिर्जना श्रेष्ठले  १६ हजार ५६२ तथा राप्रपाका उम्मेदवारले २७५५ मत पाएका छन् । मतपरिणामअनुसार केशव स्थापित सँग सिर्जना सिंहले मतान्तर घटाएको देखिएको छ । यी दुई उम्मेदवार बीचको मतान्तर ३५६ रहेको छ ।

 




यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ३१ हजार १११ मत पाउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले १० हजार ६७३ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवारले  ५ हजार ४८७ मत पाएका छन् ।

 

यो मत वडा नम्बर १,२,३,४,५,६,७,८,९,१०, २४,२५,२६,१७,१८,२९,३०,३१ र ३२ का गणनाको हो । हालसम्म अन्तिम मत परिणाम घोषणा भइसकेका वडाहरूमा १,२,३,४,५,६,२८,२९,३० र ३२ रहेको श्रेष्ठले जानकारी दिए।

 



सम्बन्धित
Loading...