धरानमा हर्क साम्पाङको जित सुनिश्चित

धरान / धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित लगभग सुनिश्चित भएको छ । धरानमा कुल ६२ हजार ८५७ मत खसेकोमा अब ४ हजार ६२१ मात्रै गणना गर्न बाँकी रहेको छ।
स्वतन्त्र उम्मेदवार साम्पाङले ४ हजार १५९ मतान्तरले अगाडि छन् । यता, गठबन्धनका तर्फबाट कांग्रेसका मेयर उम्मेदवार किशोर राईले १४ हजार ९९६ मत ल्याएर पछ्याइरहेका छन् ।
उपमेयरमा भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार आइन्द्र विक्रम बेघा अगाडि रहेका छन् । ताजा मतपरिणामा अनुसार बेघाले १८ हजार ८६४ मत ल्याएका छन्।
उनलाई पछ्याइरहेका एमालेका पदम इस्वो लिम्बुले १६ हजार ५८१ मत ल्याएका छन्। धरानमा अहिलेसम्म १९ वटा वडाको मतगणना सम्पन्न भएको छ। हाल वडा नम्बर १७ को मतगणना जारी रहेको छ।