ढुंगाले लागेर बालकको निधन, ट्र्याक्टरसँग स्कुटर ठोक्किँदा एकको मृ’त्यु

जाजरकोटको बारेकोट गाउँपालिका–९ सक्लामा ढुंगाले लागेर आइतबार एक बालकको मृत्यु भएको छ।
बारेकोट–७ सुवाकोट मामाघर जाने क्रममा राजु विकका दुई वर्षीय छोरा रोहितको घटनास्थलमै मृत्यु भएको स्थानीय धनजीत महरले जानकारी दिएर
महरका अनुसार रोपाछरास्थित भिरमा बाख्राले खसालेको ढुंगा लागेर रोहितको मृत्यु भएको हो।
ट्र्याक्टरसँग स्कुटर ठोक्किँदा एकको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आइतबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको मृत्यु भएको हो।
पूर्वतर्फ गइरहेको से१त ६८२७ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आइरहेको सुप प्र ०१–००८ प १७८३ नम्बरको स्कुटर एकापसमा ठोक्किएका हुन्। दुर्घटनामा स्कुटर चालक कँडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा स्कुटरको पछाडि सवार लम्कीचुहा नगरपालिकाका जमुना सिंह घाइते भएकी छन्। घाइतेको धनगढीमा उपचार भइरहेको छ। प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।