बालेन शाहको मत ४७ हजार नाघ्यो


 



काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार बालेन शाह ४६ हजार ९६६ मत पाएर अग्रस्थानमा रहेका छन् ।

 

बालेन दोस्रो स्थानकी कांग्रेसकी सिर्जना सिंहभन्दा १८,८२५ मतले अगाडि छन् । सिंहले २८ हजार १४१ मत प्राप्त गरेकी  छिन् । एमालेका उमेदवार केशव स्थापितले २७ हजार २८६ मत पाएका छन् ।

 




सो महानगरपालिकामा एक लाख ३७ हजार ४५२ मत गणना सम्पन्न भएको छ ।

 



सम्बन्धित
Loading...