रामग्रामका मेयरको पहिलो प्रथामिकता बाढी नियन्त्रण


 



हरि शर्मा –  परासी – पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका नवनिर्वाचित मेयर धनपद यादवले बाढी नियन्त्रणलाई प्राथमिकता दिएर पहिलो निर्णय गरेका छन् ।

पदभार समाल्दै मेयर यादवले गतवर्ष आएको बाढीले रामग्राम नगर क्षेत्र प्रभावित बनेकोले बाढी नियन्त्रणलाई प्रमुख रुपमा राखेर काम गर्ने बताए । गत भदौमा आएको बाढीका कारण नगर क्षेत्रमा २ जनाले ज्यान गुमाएका थिए । करडौंको धनमाल बगेर नष्ट भएको थियो ।

 




झरही खोलाका कारण आएको बाढीले क्षति पु¥याएको भन्दै तटबन्धन कार्यलाई तिव्रता दिई बाढी पस्ने संभाव्य स्थानको खोजी गरी सरसफाई र व्यवस्थापनमा लाग्ने यादवले बताए । पानीको वहाव रोकिन सक्ने स्थानको पहिचान गरी सरसफाई र संभाव्य बाढीको क्षतिलाई न्यूनिकरण गर्ने उपायको खोजी गरेर काम थालनी गर्न पनि यादवले कर्मचारीहरुलाई निर्देशन दिए ।

पदभार समाल्न मेयर यादवसँगै उपमेयर सम्झना चौधरी पाँच कन्याका साथ शुभ साइत निकालेर नगरपालिका पुगेका थिए । बाढी नियन्त्रणसंगै स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने यादवले । नगरपालिकाका अघिल्ला निर्णय र आगामी कार्यक्रमलाई सँगसँगै लगेर काम गर्ने योजना यादवले सुनाए ।

पदभार समाल्दै उपमेयर चौधरीले जनताको चाहाना अनुसार काम गर्ने बताइन् । उनले सामान्य झगडा र अन्य विवादका घटनाहरु प्रहरी र अदालतमा जाने प्रवृत्तिलाई अन्त्य गरी न्यायीक समितिद्धारा जनतालाई न्याय दिलाउन आफू अग्रसर हुने प्रतिवद्धता जनाइन् । मेयरमा एमाले र उपमेयरमा राप्रपाका उमेदवार विजयी भएका हुन् ।

 



सम्बन्धित
Loading...