जंगली च्याउ खाँदा नवलपुरमा ६ जना बिरामी


 



नवलपुर । पूर्वी नवलपरासी (नवलपुर)मा जंगली च्याउ खाँदा ६ जना बिरामी परेका छन् । जिल्लाको हुप्सेकोट ५ नाम्जाकोट बस्ने एकै घरका ५ जना र हुप्सेकोट १ जुकेपानीको १ जना जंगली च्याउ खाँदा बिरामी परेका हुन् ।

 

हिजो हुप्सेकोट ५ नाम्जाकोटका ५ बिरामीलाई उपचारको लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याईएको छ  । त्यस्तै जुकेपानीको बिरामीलाई जिल्ला अस्पतालमा उपचार पछि थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ ।

 




नवलपुर प्रहरीका अनुसार जंगलबाट च्याउ ल्याई खाँदा उनीहरु बिरामी भएका हुन् । जंगलबाट च्याउ खाँदा हुप्सेकोट ५ नाम्जाकोट बस्ने बर्ष ६७ की जासु सोती मगर गम्भिर बिमारी भएकी छन् ।

 

उनको छोरा बर्ष ३२ को गम्भिर सोती मगर, बुहारी बर्ष २६ की तिलिसरा सोती मगर , नातिनी बर्ष ६ की रबिना सोती मगरको भने अवस्था मध्यम रहेको र नातिनी बर्ष ५ की अस्मिता सोती मगरको अवस्था सामान्य रहेको  प्रहरीले जानकारी दिएको छ ।

 

त्यस्तै हुप्सेकोट १ जुकेपानी बस्ने वर्ष ४५ की मिनाकुमारी सोमैले जंगलबाट च्याउ ल्याई खाँदा बिरामी भई मध्यविन्दु जिल्ला अस्पतालमा उपचार पछि थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर पठाइएको हो ।

 

 



सम्बन्धित
Loading...