८ महिनामै वैदेशिक रोजगारीमा गएका १,१७१ नेपालीले ज्यान गुमाए


 



८ महिनामै वैदेशिक रोजगारीका लागि गएका १ हजार १७१ नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार साउनदेखि फागुन मसान्तसम्म वैदेशिक रोजगारीको सिलसिलामा ती नेपालीको मृ`त्यु भएको हो ।

 

श्रम स्वीकृति लिएर गएका १ हजार १३८ पुरुष र ३३ महिलाले विभिन्न दु`र्घटना तथा बिरामी भई ज्यान गुमाएका हुन् ।

 




मृ`तकका ती परिवारलाई क्षतिपूर्तिवापत कुल ५७ करोड ९६ लाख राहत प्रदान गरिएको बोर्डले जनाएको छ । वैदेशिक रोजगारीको क्रममा मृ`त्यु हुने कामदारको नजिकका हकदारलाई बोर्डले आर्थिक सहायतास्वरुप ७ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

 

पछिल्लो समय वैदेशिक रोजगारीमा गई मृ`त्यु हुनेको संख्या बढ्दो देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा कुल ६६१ जनाले ज्यान गुमाएकोमा २०७७/७८ मा १,२४२ जनाको मृ`त्यु भएको थियो ।

 

सरकारले वैदेशिक रोजगारीको लागि संस्थागत रुपमा ११० र व्यक्तिगत रुपमा १७८ मुलुकमा खुला गरेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये प्रमुख रुपमा रहेका म`लेसिया, क`तार, सा`उदी अ`रब र यू`एईमा मात्रै ९० प्रतिशत कार्यरत छन् ।

 

तीमध्ये म`लेसियामा सबैभन्दा धेरै २७.६ प्रतिशत छन् । क`तारमा २६.७, सा`उदी अरबमा २०.८ र यूएईमा १४ प्रतिशत छन् ।

 

 



सम्बन्धित
Loading...