भत्ता बुझेर डाेकाेमा बाेकेर घर लगिंदै गरेका वृद्धकाे भीरबाट खसेर मृत्यु


सुर्खेतको



चिङ्गाड गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बुझेर डाेकाेमा बाेकेर घर लगिदै गरेका एक वृद्धकाे भीरबाट खसेर मृत्यु भएकाे छ। चिंगाड गाउँपालिका-२ काफलकाँडाका नन्दवीर खड्काको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किँदै गर्दा मृत्यु भएको वडाध्यक्ष प्रेमबहादुर खड्काले जानकारी दिए।

वडाध्यक्ष खड्काका अनुसार अन्दाजी ८०-८५ वर्षीय खड्कालाई ठाँटी बजारमा रहेको सानीमा बैंकको शाखामा भत्ता बुझ्नका लागि उनका छोराहरुले डोकोमा बोकेर ल्याएका थिए।




घर फर्किने क्रममा बुधबार दिउँसो करिब तीन बजेतिर चिंगाड खोलाको राजीकुना भन्ने ठाउँमा डाेकाेमा बुवालाइ बाेक्दै गरेका छोराको खुट्टा चिप्लिदाँ दुबै जना भीरबाट खसेका थिए।

वृद्ध खड्काको घटनास्थलमै मृत्यु भएको र छोरालाई भने सामान्य चोट पटक लागेको वडा अध्यक्ष खड्काले जानकारी दिए। गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीले गाउँपालिका भौगोलिक हिसाबले विकट भएकाले सामाजिक सुरक्षा बुझ्न बैंकसम्म आइपुग्ने नागरिकहरुले सास्ती खेप्नु परेको बताए।

 



सम्बन्धित
Loading...