शिक्षकपछि अब बैंक म्यानेजरकाे गोली प्रहार गरी हत्या


 



एजेन्सी । जम्मू–कश्मीरमा एक हिन्दी शिक्षकको गोली हानी हत्या भएको केही दिनपछि आतंकवादीहरूले हिन्दू बैंकका प्रबन्धक विजय कुमारको गोली हानी हत्या गरेका छन्।

 

मिडिया रिपोर्टका अनुसार प्रबन्धक गम्भीर घाइते भएका थिए। अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

 




रिपोर्टका अनुसार बैंक म्यानेजर राजस्थानका बासिन्दा हुन् र चार दिनअघि मात्रै बैंकमा नियुक्त भएका थिए ।

 

जम्मु कश्मीरमा टारगेट किलिंग रोकिने नाम लिइरहेको छैन । आतंककारीहरुले अहिले बैंक भित्र पसेर म्यानेजरलाई गोली हानेर हिम्मत गरेका छन् ।

 

राजस्थानका प्रबन्धक विजय कुमारलाई कुलगामको एक बैंकमा प्रवेश गरेपछि गोली प्रहार गरिएको थियो।

 

मङ्गलबार आतंकवादीहरूले कुलगाममा एक सरकारी विद्यालयकी शिक्षिका रजनी बालाको गोली हानी हत्या गरेका थिए।



सम्बन्धित
Loading...