पल शाहलाई थुनामै राख्न उच्च अदालत पोखराको आदेश


बला’त्कार आ’रोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम)लाई धरौ’टीमा छाड्न उच्च अदा’लत पोखराले अस्वी’कार गरेको छ ।



धरौ’टीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।




शाहको पक्षबाट तीन र पी’डितको पक्षबाट एक जना वकिलले बहस गरेका थिए । उच्च अदालत पोखराका सूचना अधिकारी विष्णु आचार्यले
पलका म्यानेजर कृष्ण जोशीलाई पनि जिल्ला अदालतकै फै’सला अनुसार कार्यान्वयन गराउन उच्च अदालतले फैसला गरेको बताए । जोशी एक लाख धरौं’टीमा छुटेका थिए ।

तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले बला’त्कार मु’द्दामा पुर्पक्षमा रहेका शाहले धरौ’टीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए ।

एक नाबालिक गायिकालाई बला’त्कार गरेको आरो’पमा शाह प्रहरी हिरा’सतमा छन् ।

यो पनि : रामजी राम बने एमबीबीएस डाक्टर

वीरगन्जस्थित नेसलन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत  रामजी रामले एमबीबीएस उत्तिर्ण गरेका छन् । एमबिबिएस चौथो वर्षको परीक्षा दिनेक्रमाम परीक्षा हलबाट निकालिएका रामजी रामले अन्तत: एमबीबीएस उत्तिर्ण गरेका हुन् ।

सरकारले २०७२ सालमा वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई पैसा तिरेर नि:शुल्क पढाउने कार्यविधि बनाएको थियो ।

सोहीअनुसार रामजी राम नेशनल मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि भर्ना भएका थिए । रामजीको परिवारको आर्थिक अवस्था कमजोर थियो ।

रामजीसहित सरकारले पैसा तिरेर पढाएका पंकजकुमार राम, रूपेशकुमार राम, प्रमोदकुमार रामलाई नेसनल मेडिकल कलेजले परीक्षाको समयमा अवैध शुल्क मागेर फारम भर्न दिएको थिएन ।

उनीहरुले परीक्षा दिन नपाएको विषय सञ्चारमाध्यममार्फत बाहिर आएपछि परीक्षामा सहभागी गराउनुपर्ने भन्दै चौतर्फी विरोध भएको थियो ।

आइओएमकी डिन डाक्टर दिव्या सिंह शाहले परीक्षा दिने वातावरण बनाइने बताएकी थिइन् । शाहले रामजी र पंकजलाई परीक्षामा सहभागी गराउन नेसनल मेडिकल कलेजलाई निर्देशन दिएपछि कलेजले उनीहरूलाई परीक्षामा सहभागी गराएको थियो ।

एमबीबीएस उत्तिर्ण भइसकेपछि रामजी रामले आजसम्म आफूलाई यो यात्रामा साथ दिनेहरूप्रति आभार व्यक्त गरेका छन् । परीक्षाहरू सकिएको छैन भने म विश्वस्त छु !

किनकि एउटा चिकित्सकको परीक्षा रोगहरू र रोगका कारणहरूले हर हमेशा लिरहको हुन्छ !
जहिलेसम्म जीवन छ तवसम्म परीक्षाहरू कहिले सकिन्न ! जीवनका बाँकि परीक्षाहरूमा यहाँहरूको साथ, हौसला र सहयोग मिलोस भने कामना गर्दछु,’ उनले लेखेका छन् ।



सम्बन्धित
Loading...