यात्रुबाहक बस पुलबाट खोलामा खस्दा ९ जनाको मृत्यु. २ दर्जन यात्रु घाइते




रुपन्देहीको रोहिणी गाउँपालिकास्थित रोहिणी पुलबाट यात्रुबाहक बस खोलामा खस्दा नौ जनाको मृ;त्यु भएको छ भने दुर्घटनामा २३ जना घा’इते भएका छन् ।

 

जनकपुरबाट भैरहवा जाँदै गरेको बस आइतबार बिहान साढे ४ बजे परासी–भैरहवा सडकखण्डमा पर्ने उक्त पुलबाट खसेको हो ।




३२ जना यात्रु बोकेको लु २ ख ३८४१ नम्बरको बस बिहान साढे ४ बजे ख’सेको प्रहरीले जनाएको छ । घटनामा ८ जना पुरुष र एक महिलानको मृ’त्यु भएको र अन्य या’त्रु घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ ।

 

बस खोलामा खसेर घाइते भएका मध्ये ५ जनाको भैरहवाको युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भैरहवाकै भीम अस्पतालमा मृ’त्यु भएको हो । घाइतेहरुको युनिभर्सल मेडिकल कलेजमा उपचार भईरहेको छ ।

दुर्घ’टनाको कारण खुल्न नसके पनि घुम्ती सडकमा पुल रहेकाले बस खसे’को अनुमान गरिएको छ । उक्त पुलबाट यस अघि पनि सवारी साधन ख’सेका छन् ।



सम्बन्धित
Loading...