डिपोमा आग-लागी : ५ जनाको मृ’त्यु

बंगलादेशको दक्षणिपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको भी’षण आग-लागी भएको छ ।
आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै करबि १०० जना घाइते भएका अधकिारीहरूले आइतबार बताएका छन् ।
आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको अग्नि सेवाका अधिकारी जलाल अहमदले भने ।
आगो निभाउन अग्नि नियन्त्रक युनिट आगो निभाउन डिपोमा पुगेका थिए । आगलागीकै क्रममा ठूलो विस्फोट हुँदा अग्निनियन्त्रकसहित दर्जनौँ घा’इते भएका थिए ।
चटगाउँका प्रमुख चिकित्सक इलियास चौधरीले आगलागीमा कम्तीमा ५ जनाको मृ’त्यु भएको र करिब १०० जना घाइते भएको बताए । घाइतेमध्ये २० जनाको अवस्था ग’म्भीर छ ।