अमेरिकामा नेपाली युवामाथि निर्घात कुटपिट




अमेरिकाको क्यालिफोर्नियाको ओकल्याण्डमा बस्ने एक नेपाली युवामाथि निर्घात कुटपिट भएको छ ।

 

ओकल्यान्डको फक्स थिएटर नजिक सडक विक्रेताबाट हट डग लिँदै गरेका सागर तामाङमाथि आक्रमण भएको हो ।

 




गत शनिबार राति ११ बजे अचानक टाउकोको पछाडि केही चिजले हिर्काएको महसुस भएको र त्यसपछि आफू बेहोस भएर भोलिपल्ट अस्पतालमा हुँदा मात्र होस खुलेको उनले बताएका छन् । तामाङ राइडसेयर चालकको रुपमा काम गर्छन् ।

 

निर्घात कुटपिटबाट घाइते भएका उनले पर्स, फोनलगायतका सबै सामान हराएको वा लुटिएको हुनसक्ने बताएका छन् ।

ओकल्याण्ड प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ ।

 



सम्बन्धित
Loading...