पत्रकार राजु पोख्रेलको निधन




गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक पत्रकारकाे मृत्यु भएको छ ।

धुर्काेट गाउँपालिका -४ जैसिथाेक निवासी ३४ बर्षिय राजु भनेर चिनिने घनश्याम पाेख्रेलकाे मंगलबार मृत्यु भएको हाे ।




पाेखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपकाे रूखबाट लडेका थिए । उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएपनि अस्पतालले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी माधव खरेलले जानकारी दिए ।

पाेख्रेल रेडियो नवलपरासीस्थित रेडियो दाैदरीका स्टेसन म्यानेजर एवम् प्रेस सेन्टर नवलपरासीका अध्यक्ष हुन् । उनी भेटघाटकाे लागि पाँच दिनअघि घर आएका थिए ।

पाेखरेलले विगत लामाे समयदेखि नवलपरासीमा पत्रकारिता गर्दै आइरहेका थिए । भेटघाटकाे लागि पाँच दिनअघि पाेखरेल घर आएका थिए ।



सम्बन्धित
Loading...