कतारको राजदूतमा डा. ढकाल नियुक्त


 



कतारको राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कतारका लागि नयाँ राजदूतमा ढकाललाई नियुक्त गरेकी छन्।




संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

सरकारले गत २५ चैतमा २० जनालाई विभिन्न देशको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो।



सम्बन्धित
Loading...