बाढी पिडितहरुलाई उद्धार गर्ने सम्बन्धमा पर्व तयारी


रामकरण अम्बेडकर परासी :



पश्चिम नवलपरासीमा बाढीपिडितहरुलाई उद्धार गर्ने सम्बन्धमा पर्व तयारी ।

गोरख दल गण रामग्रम परासीको आयोजनमा बुधवार देखी पाल्हीनन्दन गांउपालीका वडा नं ४ पाल्हीको पोखरामा नेपाली सेना शस्त्र प्रहरी बल र नेपाल प्रहरी संयुक्त रुपमा तालि तथा अभ्यास गरेका छन ।




जिल्ला विपत ब्यवस्थापन समितीको समन्व्य र जिल्ला प्रशासन कार्यालयको सहयोगमा ४ दिन बाढीमा डुबिरहेकाहरु लाई र आगो लागेमा पिडितहरुलाई कसरी उद्धार गर्ने सम्बन्धी प्रयोगातम तालिम गरेका थिए ।

आफु नडुबी बाढीमा परेका पिडितहरुलाई बास डोरी बोतल ग्यालन रोटर बोट अपरवाटर रेसकियु र आगो लागेमा आफु सुरक्षित भई कसरी पिडितहरुलाई बचाउन सकिन्छ ।  सम्बन्धमा प्रयोगात्म तालिम दिने प्रशिक्षक रामहरि रिमालले बताए ।

गाउं घरमा पाईने पलाष्टिक्का बोतल ग्यालन जस्ता पानीमा नडुबिने सामग्री आफनो शरिरमा बाधेर बाढीमा डुब्नबाट बच्न सकिन्छ भन्नेबारे पनि सेनाको अभ्यास टोलीले स्थानीयहरुलाई जानकारी गराएको थियो ।

आईतवार सुनवल नगरपालीका प्रतापपुर गाउंपालीका पाल्हीनन्दन गाउंपालिका रोटरी कल्ब अफ नवलपरासी पृथ्वीचन्द्र अस्पताल योगदान राष्ट्रको लागि जिल्ला जनस्वास्थ्य लायन्श कल्ब लगायतका कार्यालय प्रमुख जनप्रतिनिधिहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी श्रावण पोख्रेल तालिम अभ्यास समापन भएको हो ।

 



सम्बन्धित
Loading...