पैसठठी लाखको लागतमा भार्लाबास बाँध पुर्ननिर्माण हुदै




गोपी ज्ञवाली –
नवलपरासी । पश्चिम नवलपरासी सुनवल नगरपालिकाको भोर्लाबास खोलामा बनाईएको पुरानो भोर्लाबास बाँधलाई पैसठठी लाखको लागतमा पुर्ननिर्माण गर्न लागिएको छ ।

सुनवल नगरपालिकाको वार्ड नम्बर ६ स्थित विसासय खोलाको शिरमा रहेको भोर्लाबासमा पाँच वर्ष पहिला बनाईएको कच्ची बाधलाई ६५ लाखको लागतमा पुर्ननिर्माण गर्न लागिएको भोर्लाबास सिँचाई उपभोक्ता समितीका अध्यक्ष कुल प्रसाद पौडेलले बताउनु भएको छ ।




विशासय खोलाको शिरको रुपमा रहेको चुरे पहाडको तल्लो भागमा पर्ने भोर्लाबासमा करिब सात वर्ष पहिला विशासयका स्थानियवासीहरुको स्थानिय प्रयासमा ढुंगामुडा जस्ता स्थानिय बस्तुहरुको सहरामा बनाईएको कच्ची बाँध हर वर्ष वर्षायामको बेलामा आउने बाढीले बगाउने गरेको अवश्थामा यस वर्ष लुम्बिनी प्रदेशको जलस्रोत तथा सिंचाई विकास डिविजनको योजनामा भोर्लाबास सिँचाईको बाँध पुर्ननिर्मांण गर्न लागिएको भोर्लाबास सिँचाई उपभोक्ता समितीका अध्यक्ष पौडेलले बताउनु भयो ।

स्थानिय बस्तुहरु र स्रोतसााधनहरुको सहारामा बनाईएको भोर्लाबास बाँध वर्षको याममा आउने बाढिले हर वर्ष बगाउने र हर वर्ष बाडिको सिजन पछि पुन मर्मत गनु पर्ने समस्याको थाई समाधान गर्नका लागि यस पटक भोर्लाबास बाँधको पक्की संरचना बनाउन लागिएको हो ।

सुनवल नगरपालिका वार्ड नम्बर ६ स्थित विशासयको जनसेवा विद्यालय देखीको पुर्वको करिब १०० विगाहा क्षेत्रफलको खेतहरुको सिँचाई गर्दै आएको नहरको बाँधलाई आरसीसी ढलाई गरी स्थाई बनाउने कामले तिब्रता पाएको छ । लुम्बिनी प्रदेशको जलस्रोत तथा सिंचाई विकास डिविजनको योजना र लगानीका बन्न लागेको बाँध खोलाको विच भागबाट खोलको किनारा सम्म सिमेन्ट, छड र कंक्रीटका कोर्ड वाल सहित ५ सय मिटरको दुरी सम्म पक्की कुलो समेत निर्माण भई रहेको छ ।

यसै आर्थिक वर्ष भित्र बनाई सक्ने गरी जलस्रोत तथा सिंचाई विकास डिविजन कार्यालयसंग सहमति गरीएको उपभोक्ता समितीका अध्यक्ष पौडेलले बताउनु भयो ।

अहिलेको चरणमा विशासय गाउँको पुर्वी भागको खेतहरु सिंचाई गर्ने गरी सिंचाईका लागि कुलोहरु बनाईएको भए पनि आगामी वर्षहरुमा यो सिँचाई आयोजनालाई अझै विस्तार गरेर जाने योजना रहेको बताईएको छ ।



सम्बन्धित
Loading...