स्विमिङ खेल्न गएका सन्दिप कहिलै नफर्किने गरि सदाका लागी बिदा भए !
बुटवल —
रुपन्देहीको तिलोत्तमास्थित एक रिसोर्टको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिकाको बिगचियर रिसोर्टमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर न्यु लाइट बोर्डिङ स्कुलका शिक्षक सन्दिप पौड्यालको मृत्यु भएको हो ।
३० वर्षीय सन्दिप तिलोत्तमा नगरपालिका–१ शंकरनगरका बासिन्दा हुन् । उनी सोमबार दिउँसो साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए। उनको उपचारको क्रममा मंगलबार मृत्यु भएको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए।