चितवन: निउरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक युवती बेपत्ता

बिहीबार बिहान ७ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं- २७ स्थित राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा निगुरो टिप्न जाने क्रममा सोही वडाकी २३ वर्षीया रेखा बस्नेतलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको छ ।
करिब १० जनाको समूहमा निगुरो टिप्न गएकी बस्नेतलाई बाघले जंगलतिर लगेको बताइएको छ ।
बाघको खोजीका लागि इलाका प्रहरी कार्यालय दिव्यनगर, इलाका प्रहरी कार्यालय फूलबारी र खडगदल गण मेघौलीबाट नेपाली सेना घटनास्थलतर्फ गए पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
वनको भित्री भागमा जान हात्ती मगाइएको प्रहरीले जनाएको छ ।