बाघको आक्रमणमा परेकी बस्नेतको शव फेला




बाघको आक्रमणमा परेकी रेखा बस्नेतको शव फेला परेको छ ।

 

भरतपुर महानगरपालिका वडा नं–२७ स्थित राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा निगुरो टिप्न जाने क्रममा बाघको आक्रमणमा परेकी बस्नेतको शव करिब १२ बजे बाघले खाइरहेको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।

 




आक्रमणमा परेकी २३ वर्षीय बस्नेतको शव घटनास्थल भन्दा पश्चिमतर्फ करिब ३०० मिटर पर भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

 



सम्बन्धित
Loading...