‘राजनीतिमा लाग्छु’ भन्दै रवि लामिछानेले छाडे ग्यालेक्सी टीभी




ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत सञ्चारकर्मी  रवि लामिछानेले बिहीबारदेखि लागू हुनेगरी टेलिभिजन छोडेका हुन्। उनले आजैका मितिदेखि राजनीतिमा प्रवेश गरेको जनाएका छन् ।

ग्यालेक्सीको कार्यालयमा आयोजित विदाई कार्यक्रममा टेलिभिजनका कर्मचारीहरुसँग बोल्दै लामिछानेले अहिलेसम्म जनताको समस्या सुनेको र अब भने समस्या समाधान गर्ने भूमिकामा जान चाहेको बताए।
लामिछाने कुनै दलमा आवद्ध भइसकेका छैनन्। उनले नयाँ दल खोल्छन् वा स्वतन्त्र उम्मेदवारी दिन्छन् भन्ने खुलेको छैन। यसबीचमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग केही चरण वार्ता भए पनि उनी  प्रवेश गर्न तयार नभएको राप्रपाका एक नेताले बताए ।

 

 

लामिछानेले काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट संघीय निर्वाचन लड्ने तयारी थालेका छन्। काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहका नजिक रहेका उनले काठमाडौंबाटै चुनाव लड्ने तयारी गरे पनि गगन थापासँग क्षेत्र नम्बर ४ मा लड्ने वा अर्कै क्षेत्र रोज्ने भन्ने टुंगो लागिसकेको छैन ।

 

बालेन्द्रको टिमसँग नजिक रहेका लामिछानेलाई स्वतन्त्र उम्मदेवारकै रुपमा चुनावी मैदानमा जान निकटस्थहरुले सुझाव दिएको स्रोतले नेपालखबरलाई बतायो ।

 



सम्बन्धित
Loading...