नारायणी नदीमा दुई महिला डुवेको अवस्थामा भेटिए,अवस्था गम्भिर
नारायणी नदीमा दुई जना महिला डुवेको अवस्थामा भेटिएका छन् ।
आज (बिहिबार) ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्वर ३ सामुदायीक भवन नजिक नारायणी नदीको झोलुङ्गे पुल नजिक नाम थर नखुलेका अन्दाजी ३० देखि ४० बर्ष उमेर समूहका महिलाहरु जमेको पानीमा डुवेको अवस्थामा भेटिएका हुन् ।
उनिहरु डुवेको खबर स्थानीयले प्रहरीलाई गरेपछि तत्काल उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनिहरु दुवैको अवस्था गम्भिर छ ।-narayanionline
