नरभक्षी बाघ खोज्दै निकुञ्ज टोली जंगल छिरे


 



चितवनमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएपछि चितवन राष्ट्रिय निकुञ्जको टोलीले बाघ खोजिरहेको छ।

उक्त टोलीमा निकुञ्जका कर्मचारी, सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी छन्।




बाघले भरतपुर महानगरपालिका-२७ मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई आक्रमण गरेको थियो। उनी बिहान ७ बजेतिर जंगल गएकी थिइन्। साढे ८ बजेतिर बाघले आक्रमण गरेको थियो।

निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले हवाई फायर गर्दै बाघलाई लखेटेर शव निकालेका थिए।

 

प्रहरीले शव पोष्टमर्टमका लागि भरतपुर अस्पताल लैजान लाग्दा स्थानीयले विरोध गरेका थिए। उनीहरूले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएपछिमात्रै शव लैजान दिन भन्दै विरोध गरेका थिए।

 

बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने सहमतिपछि महिलाको शव उठाएर पोष्टमर्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

 

याे पनि … 

बाघको आक्रमणमा परेकी बस्नेतको शव फेला

आमालाई बचाउछु भन्दै उपचार गर्न लगेकाे थिए तर के गर्नु बाघकाे मुखबाट खाेस्न सकिन !

 



सम्बन्धित
Loading...