बालेन शाहको अर्को निर्णय :- अब हाजिर नभएका कर्मचारीलाई तलब नदिने


काठमाडौँ /



काठमाडौं महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने भएका छन् । समयमै कार्यालयमा उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती गर्ने महानगरपालिकाले सूचना निकालेर चे’ता’वनी दिएको छ ।

सबै विभाग र वडालाई पत्र पठाएर महानगरपालिकाले गएको चैतमा महानगरपालिकाको परिपत्रअनुसार सम्पूर्ण कर्मचारीको हाजिरी रेकर्ड हेर्दा हाजिर नदेखिएकाले के–कति कारणले हाजिर नभएको हो त्यसको विवरण पठाउन महानगरले निर्देशन दिएको छ ।




स्पष्ट कारण खुलाएर अनुपस्थित हुनुको कारण नदेखाएसम्म असार महिनाको तलब नै नबन्ने महानगरपालिकाले चे’ता’वनी दिएको छ ।

यो पनि :- सिटी एक्सप्रेस मनी ट्रान्सफरको काठमाडौं महानगरपालिकासँग सहकार्य : काठमाडौं / सिटी एक्सप्रेस मनी ट्रान्सफरले कमलादी, काठमाडांै स्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशु्ल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ ।

काठमाडौं महानगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउनको लागि होटल तथा अन्य संस्थाहरुलाई कार्यालयमा भएको शौचालयलाई सार्वजनिक बनाउन आह्वान गरेको थियो ।

सोही निर्णय बमोजिम सिटी एक्सप्रेस मनी ट्रान्सफरले ऐक्यवद्धता जनाउदै आफ्नो प्रमुख कार्यलयको भुइतल्लामा अवस्थित शौचालयलाई निःशुल्क रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिइने भएको छ ।

 



सम्बन्धित
Loading...