के रविले पनि बालेनकै शैलीमा शानदार तरिकाले चुनाव जित्लान् ?


काठमाडौं २ असार ।



लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएसँगै उनी ग्यालेक्सी टेलिभिजनबाट बिदा भएका छन् ।

उक्त बिदाई समारोहमा लामिछानेले सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमबाट थालेको पछिल्लो चरणको सञ्चारकर्मलाई बिट मार्दै अब राजनीतिमा होमिएको बताएका छन् ।




जनताका प्रश्न सोध्ने ठाउँबाट अब जनताका प्रश्नको उत्तर दिने ठाउँमा जान चाहेको बताएका लामिछानेले राजनीति नै सबैभन्दा निर्णायक क्षेत्र भएकोले राजनीतिमार्फत जनताका प्रश्नको जवाफ खोज्ने बताएका छन् । आफू अन्तर्वार्ता लिने भूमिकाबाट दिने भूमिकामा जान लागेको बताएका उनले बिदाई कार्यक्रममा भने,

‘जनताका विषयहरूमा प्रधानमन्त्रीलाई प्रश्न सोधिएको मान्छे अब उत्तर दिने ठाउँमा जान खोज्दैछु । अब प्रश्न होइन उत्तर खोज्न राजनीतिबाट योगदान गर्नेछु’।

रवि केन्द्रिय राजनीतिमा आउने संकेत देखाएसँगै उनले पनि बालेनले नै जसरी शानदार तरिकाले चुनाव जित्लान् ? त्यो भने समयले नै देखाउनेछ ।

 

 



सम्बन्धित
Loading...