राम्दी खोलामा हराएको बुटवलका बराल नवलपुरको कालीगण्डकी नदीमा मृत भेटिए

रामकुमार श्रेष्ठ –
नवलपुर । स्याङ्जाको राम्दी खोलामा वेपत्ता भएको रुपन्देहीका ५० बर्षीय पुरुष प्रकाशचन्द बरालको शव नवलपुरको कालीगण्डकी नदीमा फेला परेका छन् ।
उनी गत जेठ २८ गते स्याङ्गजाको गल्याङ्ग गाउँपालिका १ मा पर्ने राम्दी खोलाको पुलबाट वेपत्ता भएका थिए ।
उनको शव नवलपुरको बुलिङ्गटार गाउँपालिका ६ घुमाउरी घाट स्थित काली गण्डकी नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा ल्याइएको र मृतकका आफन्तलाई खबर गरिएको प्रहरीले जनाएको छ ।
