वामदेवको ठोकुवा – ‘एसपीपी सम्झौता केपीले नै गरेका हुन्’


काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले हालको विवादित अमेरिकी राज्य साझेदार स्टेट पाटर्नसिप प्रोग्राम (एमसपीपी) एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदैखेरी नै भएको आरोप लगाएका छन् ।



पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले राष्ट्रियसभा बैठकमा उक्त सम्झौता ओलीले नै अघि बढाएको जिकिर गरे ।

तत्कालीन काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेलामा एसपीपी सुरु भएको तर ओली प्रधानमन्त्री भएको समयमा नै अघि बढेको अध्ययनले देखाएको उनले उल्लेख गरे ।




हाल एमाले तथा केपी ओलीले यो सम्झौता शुशील कोइरालले गरेको भनेर तथ्यहीन तर्कगरिरहेको उनले आरोप लगाए ।गौतमाले ओलीप्रति लक्षित गर्दै आफू नै प्रधानमन्त्री रहेको बेला भएका सम्झौतालाई आफ्नो संलग्नता नरहेका भनेर भन्न गौरजिम्मेवार भएको बताए ।

शुशील कोइराला नेतृत्वको सरकारका बेला आफू पनि सरकारमा रहेको बताउदै उनले त्यो कालमा यो सम्झौता नभएको स्पष्ट पारे ।कोइरालाले त्यो समयमा राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका कुनैपनि निर्णय आफ्नो सल्लाहविन नगरेको उनले बताए ।

‘कोइराला नेतृत्वको सरकारमा म पनि संलग्न थिएँ । मैले उहाँसँग कहिल्यै मत बझाइन र उहाँले मसँग सल्लाह नगरी केही पनि राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका निर्णय गर्नुभएन,’ गौतमले भने । हालको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले एसपीपी सम्झौताबारे संसदमा जवाफ दिनुपर्ने गौतमको भनाइ छ ।

 



सम्बन्धित
Loading...