ट्रकको ठक्करबाट साइकल यात्री दराईको मृत्यु




शनिबार बिहान ४ः५५ बजेको समयमा पूर्वी चितवनको रत्ननगर-९ गणेश चोकनजिकै टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना ४ ख  २७४८ नम्बरको ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

 

दुर्घटनामा गम्भीर घाइते भएका रत्ननगर १० का ३७ वर्षीय उमेश दराईको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 




दुर्घटनाको विषयलाई लिएर करिब पाँच दर्जनको संख्यामा स्थानीय भेला भई सडक अवरोध गरेपछि इलाका प्रहरी कार्यालय टाँडी, खैरहनी, भण्डारा र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले सडकमा अवरोध हटाएको हो ।

 

दुर्घटना गराउने ट्रकका चालक मकवानपुरको हेटौँडा १४ का ४५ वर्षीय धावा थोकरलाई ट्रकसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...