चारकिलोमा सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध




शनिबार बिहान ११ः३५ बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ चारकिलोस्थित नारायणगढ मुग्लिन सडक खण्डमा माथिबाट सुक्खा पहिरो खस्दा दुवैतर्फ सडक अवरुद्ध भएको छ ।

 

चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार सो स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको र सडक खुलाउन सडकसँग समन्वय भइरहेको छ ।



सम्बन्धित
Loading...