खाना नदिएको झोँकमा पत्नीको हत्या ! रातभर लाशसँगै सुते
भारतमा एक व्यक्तिले श्रीमतीको हत्या गरेको र पछि उनी मरेको थाहा नपाएर शवसँगै सुतेको प्रहरीले शनिबार जनाएको छ । दुवैले सँगै रक्सी पिएको तर आफूलाई खाना माग्दा नदिएपछि विवाद बढ्दा पत्नीलाई कुटेका थिए ।
भोलिपल्ट बिहान श्रीमतीको हत्या गरेको थाहा पाएपछि ती व्यक्ति ४० हजारभन्दा बढी नगद लिएर भागेका थिए । यद्यपि, उनलाई दिल्लीको अर्को स्थानबाट ट्र्याक गरी पक्राउ गरिएको थियो ।
पक्राउ पर्नेमा सुल्तानपुर निवासी ४७ वर्षीय विनोदकुमार दुबे रहेको प्रहरीले जनाएको छ । विवादपछि दुबेले आफ्नी ३९ वर्षीया श्रीमती सोनालीलाई कुटपिटपछि सिरानीले हानेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट एउटा झोला, दुई थान मदिराका बोतल र रगतले लतपतिएको सिरानीसहित ४३ हजार भारु बरामद गरेको थियो ।
आफूहरु सँगै मदिरा पिएको तर केही समयपछि खाना नमाग्दा नदिएपछि विवाद हुँदा आफूले हिर्काएको उनले प्रहरीलाई बताएका छन् ।

याे पनि … …
खाली पेटमा मनतातो पानी पिउँदा हुने ५ फाइदा
मानव जीवनमा पानीको महत्व धेरै छ। यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ पनि। तर पानी खाने समय र तरिकाबारे अझैपनि हामी बेखबर नै छौँ।
के तपाईलाई थाहा छ? बिहान खाली पेटमा मनतातो पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। पानीले तिर्खा मेट्ने मात्र होइन, यसको नियमित सेवनले सम्भावित कैयौं रोगबाट पनि बच्न सकिन्छ।
प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ। हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने चिकित्सकहरु बताउँछन्।
नियमित खाली पेटमा मनतातो पानी पिउँदा हुने फाइदा
१- बिहानै उठेर पानी पिउँदा शरीरभित्रका हानीकारक तत्व सफा हुन्छ। रगत सफा हुन्छ। र छालासमेत स्वस्थ भई चमक आउँछ।
२- बिहानै पानी पिउने गरे शरीरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ। शरीरका मांसपेशीसमेत बलियो हुन्छ।
३- खाली पेटमा पानी पिउँदा मेटाबोलिज्म सक्रिय हुन्छ। यदि तपाई आफ्नो तौल घटाउन चाहनु हुन्छ भने बिहान पानी पिउन सुरु गरिहाल्नुस्।
४- बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन । बिहान पेट सफा भएपछि खाएको खाने कुराले शरीरलाई पूर्ण पोषण र शक्ति प्रदान गर्छ। कब्जियत नभएपछि पेटमा अन्य रोग लाग्ने सम्भावना न्यून हुन्छ।
५- बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मिर्गौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ। त्यस्तै, महिलाहरुको महिनावारी समेत समयमै हुन्छ।