राष्ट्रिय गान नगाई वडा कार्यालय प्रवेशमा जनप्रतिनिधिलाई रोक


काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधिले कार्यालय प्रवेश गर्नु अगाडि अनिवार्य राष्ट्रिय गीत गाउनुपर्ने नियम बनाएका छन्।



जनप्रतिनिधिले बनाएको यो नियम अनौठो भने होइन। तर नेपालमा भने सम्भवतः पहिलो नियम हो। राष्ट्र प्रतिको उच्च सम्मान गर्दै जनसेवाका कामलाई अघि बडाउने भन्दै वडाका जनप्रतिनिधि र कर्मचारीले राष्ट्रगान गाएर मात्रै कार्यालयमा कामको सुरूआत गर्ने नियन बनाएको छ।

वडा अध्यक्ष सन्तकुमार फेवादिनका अनुसार वडा कार्यालय प्रवेश गरेर जनताको काम गर्नुभन्दा अगाडि राष्ट्रलाई सम्झेर काम गर्ने बताए।




कार्यकक्षमा प्रवेश गर्नु अगाडि राष्ट्रगीत गाउने अनि काम गर्ने हो,’ उनले भने, ‘वडा कार्यालयले यो नियम बनाएपछि कर्मचारी पनि कार्यालय समयको आधा घन्टा अगावै पुग्ने गरेका छन्। यो नियमले देशप्रतिको प्रेमलाई अझ मजबुद बनाउँछ। वडाध्यक्ष फेवादिनका अनुसार यो नियम सबैले पालना गर्नुपर्ने बताए।

‘जनप्रतिनिधिले बनाएको यो नियम वडा अध्यक्ष र कर्मचारीलाई मात्र होइन। वडा सदस्यलाई पनि हो, वडाध्यक्ष फेवादिनले भने,‘सेवा लिन कार्यालय समय अगावै आइपुगेका सेवाग्राहीले पनि यो नियममा समाहित हुनुपर्छ।’

मेरो विचारमा यो नियम नेपालमा सम्भवतः पहिलो हो। अन्य स्थानीय तहका कर्मचारीले पनि यो नियमलाई फलो गर्नुपर्छ।वडा कार्यालयमा गएको शुक्रबारदेखि यो नियम बनाइएको भन्दै वडा सचिव पुष्प लाल पाण्डेले ठिक साढे ९ बजे राष्ट्रगान बज्न जानकारी दिए।

‘कार्यालयको बरन्डामा साउन्ड सिस्टम छ। ठिक ९ बजेर ३० मिनेटमा राष्ट्रिय गीत ‘प्ले’ हुन्छ। सँगै जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीले दाहिने हात छातिमा राखेर गाउनुपर्छ, वडा सचिव पाण्डेले भने।

 

 

 



सम्बन्धित
Loading...