रवि लामिछानेले आज आफ्नै पार्टी खोल्दै, राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम गर्दै
काठमाडौं : रवि लामिछानेले भोलि राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।
आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका उनले भोली नँया पाटी घोषणा गर्न लागेका हुन् । ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछानेले स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म खुलाएका छैनन् ।
पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्नेभन्दा आफैँले पार्टी निर्माण गर्ने निधोमा लामिछाने पुगेको बताइएको छ । संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षासहित उनले यो निर्णय लिएको बुझिएको छ ।
रवि स्वयम् भने प्रत्यक्षमा नै लड्नेछन् । ‘दाजुभाइ एउटै पार्टीमा हुँदा परिवारवाद, नातावादी इत्यादि कुराहरू आउँछन् भनेर रवीले आफुलाई त्यसमा नजोडिन सुझाव दिएको दाई हरशणले बताए ।
रविको टिमले भने भोलिसम्म सबै कुरा गोप्य राख्न चाहेको छ । उनको पार्टीको नाम पनि फाइनल भइसकेको बुझिएको छ । रविले काठमाडौंको बालाजुमा आफ्नो कार्यालय स्थापना गरिसकेका छन् ।