गगनको क्षेत्रमा युवा इन्जिनियर पोखरेलको स्वतन्त्र उम्मेदवारी घोषणा
गगनको क्षेत्रमा युवा इन्जिनियर पोखरेलको स्वतन्त्र उम्मेदवारी घोषणा
संघीय निर्वाचनको मिति तय नहुँदै देशका विभिन्न क्षेत्रमा युवा पुस्ताहरूले स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । स्थानीय निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारले पाएको सफलताले पनि संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या बढ्ने निश्चित देखिएको छ ।
यसै क्रममा काठमाडौं क्षेत्र नम्वर- ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले संघीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । आज यस क्षेत्रको कपनमा आयोजित एक कार्यक्रमका बीच पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
सो क्रममा पोखरेलले आफूसँग विकासको एजेण्डा रहेको भन्दै कसैलाई गाली गरेर नेता बन्न नचाहेको बताए ।
काठमाडौं क्षेत्र नम्वर- ४ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जित्दै आएको क्षेत्र हो । यसै क्षेत्रमा गत संघीय निर्वाचनमा थापासँग एमाले नेता राजन भट्टराई पराजित भएका थिए ।