बालेनपछि रविको यस्तो चमत्कार, रविको यस्तो शैलीले दुनियाँ चकित्


पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने भएका छन् । त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताए ।



मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै उनले आफू नयाँ दल गठन गर्न लागिपरेको बताए । सोहीअनुसार उनले आफू चुनाव लड्ने उनले घोषणा गरे ।

‘धेरै मानिसले भने नयाँ दल बनाउन निकै कठिन हुन्छ । जिल्ला जिल्लादेखि वडा वडासम्म मान्छे राख्नुपर्छ । ती मान्छे कहाँ पाउनु,’ लामिछानेले भने ।




उनले आफू केही गर्न नसक्ने अवस्था पार्टीमा नरहने बताए । उनले स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्न आउनेका लागि आफूले स्वागत गर्ने बताए । त्यस्तै उनले चुनाबमा घण्टी लाई प्रस्तावित चुनाब चिन्हका रुपमा सार्वजनिक गरेका छन् । त्यस्तै उनल आफ्नो पार्टीका संरचनाबारे जानकारी गराएका छन् । उनले मंगलबार आयोजित घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराएका हुन् ।

आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गरेका छन् ।

उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।
लामिछानेले आफ्नो पार्टीको सात विशेषता यसरी सुनाए ।

१। प्राइमेरी निर्वाचन हुने
२। युवालाई ५० प्रतिशत एकको व्यवस्था
३। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
४। राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
५। डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने
६। परिवारवादलाई पूर्ण रूपमा निषेध
७। भ्रातृसंगठन र कार्यकर्तारहित



सम्बन्धित
Loading...