किर्ते मुद्दामा दोषी ठहर भएपछि एमाले सांसदको पद चैट !


काठमाडौं ।



प्रदेश १ की प्रदेशसभा सदस्य गुलेफुन खातुन पदमुक्त भएकी छन् ।सरकारी छाप र दस्तखत किर्ते मुद्दामा जिल्ला र उच्च अदालतबाट भएको फैसलापछि खातुनले मुद्दा दोहोर्‍याउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दायर गरेकी थिइन् ।

खातुनले दायर गरेको निवेदन सर्वोच्व अदालतले खारेज गरिदिएपछि उनी पदमुक्त भएकी हुन् ।उच्च अदालत विराटनगरले सदर गरेको जिल्ला अदालत मोरङको फैसलामा चित्त नबुझेपछि सांसद खातुन मुद्दा दोहोर्‍याउन माग गर्दै सर्वोच्च पुगेकी थिइन् ।




सर्वोच्चले माग निवेदन बमोजिम मुद्दा दोहोर्‍याउन अनुमति नदिएपछि सांसद खातुनले सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएकी हुन् । सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले उनको निवेदनमा माग अनुसार दाबी नपुग्ने भन्दै मुद्दा दोहोर्‍याउन अनुमति नहुने आदेश जेठ २५ गते दिएको हो ।

 



सम्बन्धित
Loading...