दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने




सुपर सोको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक डी–लाइफ स्टाइल्सले दैनिक १३९ रुपैयाँ किस्ता तिरेर विद्युतीय स्कुटर लिन सकिने सुविधा उपलब्ध गराएको छ ।

सुपर सोको स्कुटर शुरुमा कुनै डाउन पेमेन्टविनै किन्न सक्ने कम्पनीले जनाएको छ ।




यस्तै ग्राहकले शून्य प्रतिशत डाउनपेमेन्टमा १२, १८ र २४ महिनाको किस्ताबन्दी सुविधाका साथ सुपर सोकोका मोटरसाइकल खरिद गर्न सक्नेछन् ।

यद्यपि डाउन पेमेन्ट बापत कुनै शुल्क नलागेपनि ब्याज बापत लाग्ने रकम भने सुरुमै तिर्नुपर्ने हुन्छ ।

कम्पनीका अनुसार दैनिक १३९ रुपैयाँ किस्ता सुविधामा सीयू मिनी स्कुटर उपलब्ध हुनेछ । यो स्कुटरको मूल्य १ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

यो स्कुटर एक पटकको फुल चार्जमा ६० किलोमिटरसम्म गुडाउन सकिने छ ।

नेपाली बजारमा सुपर सोको ब्रान्डका विभिन्न मोडलका बाइक र स्कुटर उपलब्ध छन् ।

 

दुई घण्टामा फुल चार्ज हुने इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, के के छन् विशेषता ?



सम्बन्धित
Loading...