१० वर्षभन्दा कम उमेरको बा’लिकालाई ब’ला’त्का’र गर्नेलाई मृ’त्यु’द’ण्ड दिइनुपर्ने माग


नेकपा(माओवादी केन्द्र) की सांसद पूर्णाकुमारी सुवेदीले १० वर्षभन्दा कम उमेरको बा’लिकालाई ब’ला’त्का’र गर्नेलाई मृ’त्यु’द’ण्ड दिइनुपर्ने बताएकी छन्।उनले कानून बनाएपनि कार्यान्वयन फितलो हुने गरेको उल्लेख गर्दै कानून कार्यान्वयन हुनुपर्नेमा जोड समेत दिइन् ।



बुधबार प्रतिनिधि सभा अन्र्तगतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले त्यसो गर्न नसकेको खण्डमा स’जाय र जरिवानालाई निकै कडा बनाउनुपर्ने बताइन्।

उनले भनिन्, ‘कानून बनाउँछौ, कार्यान्वयन फितलो हुने गरेको छ। दश वर्षभन्दा तलको बालिकाको हकमा बा’लिकाहरुलाई ज’र्बजस्ती ब’ला’त्का’र गर्नेहरुलाई त मृ’त्यु’द’ण्ड दिनुपर्छ। मेरो व्यक्तिगत विचार। यो विषयमा कडा भन्दा कडा कानून हुनुपर्छ। कैद र जरिवाना दुवै राख्नुपर्छ। कडाभन्दा कडा सजाय र जरिवाना गरेर नै जानुपर्छ।’




अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि बढाउनुप¥यो : आपूर्तिमन्त्री

काठमाडौँ, ८ असार (रासस) :
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपरेको प्रस्ट पार्नुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनलाई जानकारी गराउँदै २०७१ सालदेखि नै अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर प्राप्त हुँदा नेपालमा पनि बढाउने र घट्दा घटाउने प्रक्रिया सुरु भएको प्रस्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय रुस–युक्रेन युद्धका कारण सिर्जना भएको विशिष्ठ ऊर्जा सङ्कटका कारण निगमले प्राप्त गर्ने पेट्रोलियम पदार्थको मूल्य लगभग सबैजसो समय बढेर नै आइरहेको छ, नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट कच्चा तेल खरिद नगरी प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ ।”

 



सम्बन्धित
Loading...