अकस्मात खुमलटार झरे बालेन शाह, गरे यस्तो तयारी हेर्नुहोस् …
काठमाडौं । पछिल्लो समय सर्वाधिक चर्चामा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अकस्मात खुमलटार पुगेका छन् । अहोरात्र जनताको सेवामा खटिरहेका बालेनले सेयर बजारसम्बन्धी समेत चासो लिएका हुन् ।
बालेन अकस्मात अनसनरत तिलक कोइराला भेट्न खुमलटार पुगेका छन् । बालेन त्यहा पुगेपछि सेयर लगानीकर्ताहरुले धन्यवादी व्यक्त गरेका छन् । बालेन साह निर्वाचित भएपछि उनले आफूले गरेका धेरै निर्णय कार्यान्वयनमा ल्याइसकेका छन् ।
गत असार १ गतेदेखि धितोपत्र बजार (सेयर बजार) को स्थायित्व र सुधारको माग राख्दै धितोपत्र बोर्ड अघि आमरण अनसनमा बसेका कोइराला भेट्न बुधबार मेयर शाह पुगेका हुन् । पछिल्लो समय अनपेक्षित रुपमा सेयर बजारमा ठूलो गिरावट आएसँगै लगानीकर्ताहरु आन्दोलित भएका छन् ।
पुँजी बजारको सुधारका लागि १९ बुँदे मागपत्र जारी गर्दै आन्दोलनमा होमिएका लगानीकर्ताहरु मध्यका एक कोइराला विगत ८ दिनदेखि आमरण अनसनमा छन् ।