१२ वर्षीया छोरीलाई ३ बर्षदेखि पटक पटक बला’त्कार गर्ने बुबा प’क्राउ

झापा / आफ्नै १२ वर्षीया छोरीलाई तीन वर्षयता पटक–पटक करणी गरेको आरोपमा बाबु प’क्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिकामा–३ सुरुङ्गा बजारका ३७ वर्षीय पुरुष रहेका छन्।
इलाका प्रहरी कार्यालय सुरुङ्गाले उनलाई शुक्रबार घरबाटै पक्रा’उ गरेको हो। पीडित बालिकाले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरिक्षक(डिएसपी) रुगम कुँवरले जानकारी दिए।
उनले भने, ‘बालिकाले दिएको किटानी जाहेरीको आधारमा पीडकलाई पक्रा’उ गरेका ल्याएका हौं। बालिकाले जाहेरी दिएकै दिन पक्रा’उ गरेका छाैं। तीन वर्षसम्म डर–त्रासको कारण खुल्न नसकेकी बालिकाले बयान बाबुले आफुलाई बला’त्कार गरेकाे दिएकी छन्। अहिले हाड’नाता क’रणी मु’द्दामा म्या’द थप गरी अनुस’न्धान गरिरहेका छौं।’
ती बालिकाले आफू कक्षा ४ मा पढ्दादेखि नै बाबुले कर’णी गर्ने गरेको जा’हेरीमा उल्लेख गरेकी छन्।
त्यसअघि विभिन्न प्रकारको यौन दुर्व्यवहार गर्ने गरेको जनाएकी उनले पछिल्लो समय भने आफूमाथि पटक–पटक बला’त्कार गरेको बताएकी छिन्।
पी’डित बालिका अहिले कनकाई माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दै आएकी छन्।