दुई घण्टामा फुल चार्ज हुने इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, के के छन् विशेषता ?

जम्बो मोटर्सले दुई घण्टामा फुल चार्ज हुने ब्राभो ब्राण्डको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्र्याएको छ ।
चिनियाँ ब्राण्डको यो स्कुटरले फुल चार्जमा १२० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।
रेट्रो डिजाइनको यो स्कुटरमा तीन किलोवाटको मोटर जडान गरिएको यो स्कुटरमा कम्पनीले दुई भेरियन्टको ब्याट्री अप्सन दिएको छ ।
यसमा २० एम्पियर ७२ भोल्ट तथा ४० एम्पियर ७२ भोल्टको ब्याट्री पाउन सकिने कम्पनीले जनाएको छ ।
स्कुटर फुल चार्जमा भेरियन्ट अनुसार १२० देखि २४० किलोमिटरसम्म चलाउन सकिने कम्पनीका निर्देशक विनोद न्यौपानेको दाबी छ ।
स्कुटरमा कि लेस स्टाट, टेलिस्कोपिक सस्पेन्सन, डिस्क ब्रेक, बाइडर टायर, टीएफटी डिस्प्ले, एलइडी लाइट्सलगायतका विशेषता छन् ।
हाल टेस्ट ड्राइभका लागि राखिएको यो स्कुटरको केही समयमै बिक्री सुरु गरिने न्यौपानेले जानकारी दिए।
दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने