मोबाइल व्यावसायी संघ नवलपुरमा पोख्रेल
कावासोती । नेपाल मोबाइल व्यवसायी संघ नवलपुरको अध्यक्षमा शिव पोख्रेल चयन भएका छन् ।
प्रथम अधिवेशनबाट शिव पोखे्रलेको अध्यक्षतामा नेपाल मोबाइल व्यवसायी संघ नवलपुर गठन गरिएको हो ।
नवलपुर उधोग वाणिज्य संघका सदस्य मनी प्रसाद गुरुङको प्रमुख आतिथ्यमामा भएको प्रथम अधिवेशनले बरिष्ठ उपाध्यक्षमा प्रेम प्रसाद भट्ट, उपाध्यक्ष प्रेम प्रसाद गौतम ,उपाध्यक्षमा सुशील श्रेष्ठ ,सचिवमा दीर्घ सिन कुमाल , सह सचिवमा हरि पौडेल ,कोषाध्यक्षमा आनद पाण्डे गरि २३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ ।
संघ मार्फत मोबाइल व्यवसायीको हक हित र प्रर्वद्धनमा कार्यगर्ने, आउन समस्यालाई सामूहिक रुपमा निराकरण गर्ने योजनाका साथ काम गरिन नव गठित संघका अध्यक्ष शिव पोख्रेलले बताए ।

याे पनि …
सामाजिक सञ्जालमा फलोअर्स बढाउने सजिलो तरिका
इन्टरनेटको सुलभतासँगै सामाजिक सञ्जालको प्रयोग बढ्दो क्रममा छ। सामाजिक सञ्जाल मानिसहरुको दैनिकी एक हिस्साको रुपमा विकसित भइरहेको छ।
धेरै मानिसले दिनको सुरुवात सामाजिक सञ्जालबाटै गर्ने गर्छन्। सामाजिक सञ्जालबाटै मासिनहरुको लोकप्रियताको मापन गर्ने एउटा छुट्टै जमात छ। सामाजिक सञ्जालमा धेरै फओअर्स हुने व्यक्तिलाई समाजले सेलिब्रेटीको नजरमा हेर्ने गरेको छ।
संसारभर जून ३० लाई सोसल मिडिया डे अर्थात सामाजिक सञ्जाल दिवसको रुपमा मनाइने गरिन्छ। यसैको सन्दर्भमा हामीले सामाजिक सञ्जालमा कसरी फलोअर्स बढाउन सकिन्छ भन्ने विषयमा जानकारी दिने जमर्को गरेका छौं।
यसरी बढाउन सकिन्छ सामाजिक सञ्जालमा फलोअर्स
१. गुणस्तरीय सामग्रीः
सामाजिक सञ्जालमा बढि भन्दा बढि फलोअर्स बनाउनका लागि तपाइँले पोष्टिने सामग्रीहरुको गुणस्तरले ठूलो भूमिका खेल्दछ। यसका लागि विभिन्न खाले फिल्टर्सको प्रयोग गर्न सकिन्छ।
यसबाट सामाजिक सञ्जाल अकाउन्टमा धेरै भन्दा धेरै मानिस इन्गेज हुन्छन्। यस बाहेक तपाइँले सामाजिक सञ्जालमा निरन्तर पोष्ट गर्नु पर्ने हुन्छ। अर्थात् लामो समयसम्म सामाजिक सञ्जालमा सूचनाहरु पोष्ट गर्नु भएन भने फलोअर्स बढ्ने छैनन्। त्यसैले निरन्तर रुपमा उत्कृष्ट तस्वीर तथा कन्टेन्टहरु पोष्ट गर्नु सामाजिक सञ्जालमा फलोअर्स बढाउने सबैभन्दा उत्तम उपाय हो।
२. ह्यासट्यागको सही प्रयोगः
सामाजिक सञ्जालमा पोष्ट गर्नेबेला कस्तो ह्यासट्याग प्रयोग गर्ने भन्ने कुरामा ध्यान दिनु पर्ने हुन्छ। यसले तपाइँको पोष्टको भिजिबिलिटीमा असर पार्दछ। त्यसैले आफ्ना इन्स्टाग्राम पोष्टमा लोकप्रिय तथा ट्रेण्डिङ्ग ह्यासट्याग प्रयोग गर्नुपर्दछ। साथै अनावश्यक ह्यासट्याग प्रयोग गर्नबाट बँच्नुपर्दछ।
३. पेज अप्टिमाइजेसनः
यदि तपाइँ कुनै ब्राण्डलाई सामाजिक सञ्जालमा प्रवर्द्धन गर्न चाहनुहुन्छ वा कुनै जानकारी धेरै भन्दा धेरै मानिसहरुसम्म पुगोस् भन्ने चाहनुहुन्छ भने तपाइँका फलोअर्सको संख्या अधिक हुनु आवश्यक हुन्छ ।
यसका लागि तपाइँले आफ्नो सामाजिक सञ्चाल अकाउन्टलाई अप्टिमाइजेसन गर्न सक्नु हुनेछ। यसमा ब्राण्ड लोगो, डिस्प्लेको तस्वीर लगायत राख्नु पर्छ। यसका साथै आफ्नो प्रोफाइललाई प्रयोगकर्ताका लागि पब्लिक गराइदिनु पर्दछ। बायोमा आफु स्वयं वा आफ्नो कुनै ब्राण्डसँग सम्बन्धित ब्लग वा वेबसाइट पेजको लिंक दिन सकिन्छ।
४.प्रभावशाली व्यक्तिसँगको सम्पर्कः
आफ्नो रुचीको विषय वस्तुसँग सम्बन्धित मानिसहरुसँग सामाजिक सञ्जालमा जोडिइने र ती व्यक्तिहरुसँग सम्वाद गर्ने गर्नु पर्छ। उनीहरुको पोष्टलाई लाइक तथा कमेन्ट गर्ने गर्नुपर्छ। यसो गर्दा तपाइँ ती प्रभावशाली तथा धेरै फलोअर्स भएका प्रयोगकर्ताको नजरमा पर्नुहुनेछ।
कुनै न कुनै दिन त्यो प्रभावशाली प्रयोगकर्ताले तपाइँ वा तपाइँको कुनै ब्राण्डलाई प्रवर्द्धन गर्न सहयोग गर्नेछ। त्यसो भयो भने तपाइँको सामाजिक सञ्जालको पोष्ट धेरै मानिससम्म पुग्नेछ र तपाइँका फलोअर्सको संख्या पनि बढ्न मद्दत पुग्नेछ।