खोंचमा बस खस्दा कम्तीमा १९ जनाको मृत्यु




पाकिस्तानको पश्चिममा रहेको सहरनजिकै एउटा बस खोंचमा खस्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा १४ जना घाइते भएका छन् । रावलपिण्डीबाट क्वेटातर्फ जाँदै गरेको बस खैबर पख्तुनख्वा प्रान्तको दानिसारनजिक सडकबाट केही मिटर तल खसेको थियो ।




पुराना सवारी साधन, कमजोर सडक, चालकको लापरबाहीलगायतका कारण पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन् ।

गत महिना बालोचिस्तानमा एउटा खोंचमा बस खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको थियो ।

नवलपुरमा बस र मोटरसाइकल ठक्कर खाँदा ११ जना घाइते

 

नवलपुर । पूर्वी नवलपरासीमा बस र मोटरसाइकल ठक्कर खाइ दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट नगरपालिका १३ मा पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख ४५५५ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ग ५ प ६८९३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको हो ।

बसले मोटरसाइकललाई ठक्कर दिंदा बस अनियन्त्रित भई नजिकैको पुलमा ठोक्किन पुगेको थियो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार ३ जना र बसमा सवार २५ जना मध्ये ८ जना घाइते भएको नवलपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक गैडाकोट १६ निवासी ३२ बर्षीय स्लाम देवान, मोटरसाइकलमा सवार ३ बर्षीय बालक अफिफा खातुन र २ बर्षीय बालक अफरान देवान घाइते भएका हुन् ।

 

त्यसैगरी बसमा सवार गैडाकोट १५ निवासी २७ बर्षीय सुचित्रा राना मगर, २४ बर्षीया सावित्रा सुवेदी निउरे, गैडकोट १६ निवासी १९ बर्षीय सुनिल परियार, २१ बर्षीय अनिल परियार, कावासोती १६ निवासी २५ बर्षीया मोनिका गुरुङ, कावासोती ३ निवासी २१ बर्षीय सुजन श्रेष्ठ, कावासोती १७ निवासी २३ बर्षीया लक्ष्मी क्षेत्री र देवचुली १३ बस्ने ३१ बर्षीय कृष्णप्रसाद पौडेल घाइते भएका छन् ।

 

घाइतेहरुको चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बस र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ ।

 

https://youtu.be/P0206Wejx-A



सम्बन्धित
Loading...