दुईवटा टाउको भएको दुर्लभ सर्प अफ्रिकामा भेटियो, हेर्नुहोस् फोटो
दक्षिण अफ्रिकाको वेदवे इलाकामा निकै दुर्लभ दुईवटा टाउको भएको सर्प भेटिएको छ ।
दक्षिण अफ्रिकाको क्वाजुलु नाटाल प्रान्तका एक व्यक्तिले आफ्नो घरको गार्डेनमा दुईवटा टाउको भएको सर्प देखेपछि यसले कसैलाई टोक्ला भनेर तत्काल एउटा भाँडोमा राखे ।
त्यसपछि उनले सर्पको संरक्षण र उद्दार गर्ने निक इभान्सलाई सम्पर्क गरे ।
निक इभान्स केजेडएन एम्फिबियन एन्ड रेप्टाइल कन्जरभेसनका संस्थापक हुन् ।
उनले आफ्नो फेसबुक पोस्टमा यो सर्पको तस्बिर सेयर गर्दै लेखे, ‘म हालै उत्तरी डर्बनको ब्राई इलाका नजिकै थिएँ । त्यतिबेला मलाई वेदवेबाट एउटा तस्बिर पठाइयो । यो दुईवटा टाउको भएको सर्पको तस्बिर थियो । यो एक साउदर्न ब्राउन एग इटर सर्प हो । यसले कुनै पनि खालको हानी पुर्याउँदैन ।’
यो दुईवटा टाउको भएको साउदर्न ब्राउन एग इटर राती घुम्ने खालको सर्प हो । तर यो दुईमुखे सर्पको लम्बाई ३० सेन्टिमिटर मात्रै थियो । अर्थात् यो एउटा बच्चा हो ।
निक इभान्सले यसबारे थप जानकारी दिँदै भने, ‘दुईवटा टाउको भएको सर्पको एउटा ठूलो समस्या भनेको उनीहरुको चाल हो । उनीहरु कुन दिशामा जाने त, यसबारे यी दुईबीच तादम्य मिल्दैन । एउटा टाउको अर्को दिशामा जान चाहन्छ त अर्को अर्कै दिशामा जान चाहन्छ ।’

दुईवटा टाउको भएको सर्प निकै दुर्लभ हो । यो स्थितिलाई बाइसिफेली भनिन्छ । जब कोही जुम्ल्याहा जन्मिनु अघि अलग हुन सक्दैनन् तब यस्तो स्थिति निम्तिने गर्छ ।
१० हजार सर्पको जन्ममा कुनै एउटा सर्प यस्तो जन्मिने गर्छ । तर यिनिहरु जीवित रहने सम्भावना निकै कम हुन्छ । दुईवटा टाउको भएको सर्प लामो समयसम्म जीवित रहन नै सक्दैनन् ।

अब यो दुईवटा टाउको भएको सर्प निक इभान्सको व्यावसायिक समूहको हातमा पुगेको छ । यहाँ उसको स्वास्थ्यबारे ख्याल राखिएको छ ।

दुईवटा टाउको भएका सर्पका लागि जीवन पक्कै पनि सहज छैन । यो जङ्गलमा बाँच्ने सम्भावना पनि कम छ । त्यसैले दुईवटा टाउको एउटा भन्दा पक्कै पनि राम्रो हुँदैन ।
अब यो अण्डा खाने सर्पले आफ्नो यहि विकृतिसँग बाँच्न सिक्छ कि सिक्दैन, त्यो भने हेर्न बाँकी छ ।

https://twitter.com/IFLScience?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1542568660253888512%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F249547%2F2022%2F7%2F4%2Fdouble-take-two-headed-snake-found-in-south-africa