यसर्थ माओ, क. माओ बने

लेखकः नेत्र रानाभाट –
देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएर समाजवाद उन्मुख संविधान घोषणा भएको पनि झण्डै एक दशक हुन लागी सक्यो ।
नेपालको इतिहाँसलाई अध्ययन गर्दा नेपाली कांग्रेसको स्थापना भएको आठ दशक पार गर्न लाग्दैछ भने नपुष्पलाल श्रेष्ठले कम्युनिष्ट घोषणापत्र लेखी नेपाल कमयुनिष्ट पार्टी स्थापना गरेको पनि साढे सात दशक पुरा हुँदैछ ।
चाहे विपी कोइरालाको प्रजातान्त्रिक समाजवादी राज्य व्यवस्थामा होस् वा पुष्पलाल श्रेष्ठको नौलो जनवादी राज्य व्यवस्थामा होस् ।
नेपाली जनताहरुलाई गास, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको प्रत्याभूति राज्यको दायित्वमा पर्ने उल्लेख भएको पाइन्छ । अपशोच सो कुराको दायित्व राज्यले कहिल्यै वहन गरेन ।
नेपाली जनताहरुले अधिकार प्राप्तीका लागी विभिन्न समयमा आन्दोलन गरे । २०१७ सालदेखि २०४६ सालसम्म निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध सशक्त आन्दोलनका गरे । परिणाम स्वरुपः २०४६ सालमा बहुदलीय संसदीय प्रजातान्त्रिक व्यवस्थाको पुनस्र्थापना त भयो, तर जनताले अधिकार नपाउनुको कारण पारम्पारिक पारिवारिक राजतन्त्र नै हो भनी राष्टियता, जनतन्त्र र जनजिविकाका सवालहरुलाई लिएर १० (२०५२ सालदेखि २०६२) बर्षे जनयुद्ध भयो ।
जनयुद्धमा नेपाल आमाका लाखौं छोराछारीहरु लामबद्ध भए । महान जनयुद्धको क्रममा हजारौं नेपाली आमाका छोराछोरीहरुले बीरत्व प्राप्त गरे, हजारौं बेपत्ता भए, उनीहरु अहिले पनि हराइरहेका छन्, हजारौं घाइते तथा अपांग छन् भने हजारौको संख्याले गिरफ्तारी, यातना र कारागारको जीवन बिताए ।

१० बर्षे जनयुद्धको बलमा भएको १९ दिने आन्दोलन समेतलेः देशमा २४० बर्षको पारिवारिक राजतन्त्रको अन्त्य भएको पनि साँढे १ दशक पुरा भइसक्यो । हाम्रो देशले एक थान बुर्जुवा गणतान्त्रिक संविधान बाहेक के पायो ? समाजवाद उन्मुख हाम्रो संबिधानले नेपाली जनताहरुलाई गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजागार व्यवस्था गर्न सक्यो ? बार्षिक अरवौ रुपैया उच्च शिक्षा अध्ययनका लागी बिदेश जनाबाट रोक्न सक्यो ? दैनिक हजारौ नेपालीहरु बैदेशिक रोजगारी जान्छन्, उद्योग तथा कलकारखानाको स्थापना गरी स्वदेशमा नै रोजगारीको सृजना गदैछ त ? शिक्षा र स्वास्थ्यमा भएको द्धैध व्यवस्थाको अन्त्य गरी सर्बसुलभ रुपमा जनताको तहसम्म पुर्याउन सक्यो ? संबिधानले सारा नेपाली जनतालाई गास, वास र कपासको त प्रत्याभुति गर्न त सकेन नै, गणतन्त्रका लागी लडाई लड्दा गोलीका छर्रा शरिरमा बोकेर हिडेका ती नमराज न्यौपाने (क. सेवक) उपचार नपाएर सडक पेटीमा मर्दा पनि के नै गर्न सक्यो ?

जसको कारुणीक तस्विर छापा तथा अनलाइन पत्र पत्रिकामा समाचार बनेका छन् । कमरेड सेवकप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना छ ।
कालिकोट जिल्ला तिलागुफा गाउपालिका निवासी नमराज न्यौपाने (क. सेवक) जनमुक्ति सेनाका सेक्सन कमाण्डर थिए, । जनयुद्धको क्रममा पश्चिम नेपालका धेरै मोर्चामा लडाई लडेका थिए । जनयुद्ध कै क्रममा गोली लागी घाइते नमराजको शरिरमा गोलीका छर्राहरु थिए, तिनै घाऊहरु बल्झिए । जनयुद्धका घाइतेहरुको उपचारमा न त नेकपा (माओवादी केन्द्र) को सहयोग रह्योे न त नेपाल सरकारको नै ।
जती बेला पूर्व जनमुक्ति सेनाका कमाण्डर नमराज न्यौपाने सडक पेटीमा छट्पटाउदै थिए, त्यती नै बेला सत्ता गठबन्धन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल छोरा प्रकाश दाहालको शालिक अनावरण गर्दै थिए । शालिक अनावरण कार्यको माओवादी केन्द्रका केन्द्रीय नेताहरुबाट समेत टिका टिप्पणी भइरहेको छ । जनयुद्धका नेतृत्व कर्ता नेकपा (माओवादी केन्द्र) सरकारमा भएका बेला जनयुद्धका लडाकुहरु उपचार बिना नै सडक पेटीमा ज्यान गुमाउन पर्नुले राष्टिञयता, जनतन्त्र र जनजिविकाको पक्षमा अब गरिने आन्दोलनमा पार्टी र नेतृत्वलाई कसरी बिश्वास गर्ने ?
जनताहरुको बिश्वास पाउनको लागी नेतृत्वमा हुनु पर्ने गुणको वारेमा कमरेड माओको बुझाई सान्दर्भिक लागेर यहाँ जोडिएको छ, जसका कारण चिनिया सर्बहारावादी साँस्कृतिक क्रान्तिले सफलता पाएको थियो ।
सन् १९५० देखि १९५३ सम्म कोरिया युद्ध भयो । उक्त युद्धमा सहयोगका लागी चिनिया क्रान्तिका महान नेता कमरेड माओले आफ्नो जेठो छोरा माओ आनइध्र समेत रहेको ५ लाख चिनिया स्वयम्सेवक पठाए कोरिया । अमेरिकी आक्रमणका कारण सो युद्धमा ३० हजार चिनिया सवयम्सेवक मारिए । जसमा माओ आनइध्र (माओका जेठा छोरा) पनि १९५० नोभेम्वर २५ मा मारिए । छोरो शहिद भएको खवर माओले बुहारीलाई सुनाए, जति वेला उनको काखमा सानो बच्चा (माओको नाती) थियो । बुहारीले ससुरा (माओ) संर्र्ग अब जिउँदो पति देख्न नपाएपनि शवको अनुहार अन्तिम पटक हेर्ने इच्छा छ’ भनिन् ।

त्यसपछि माओले बुहारीलाई भर्र्ने तिम्रो पति मात्रै होइन, अरु ३० हजार योद्दाहरु पनि कोरियामा मारिएका छन् । ती सबैको शव चीन ल्याउनु पर्दछ, जुन सम्भव नै छैन । त्यसकारण हाम्रो छोराको मात्रै शव ल्याउन मिल्दैन । हाम्रो छोराको मात्रै शव ल्याउने र अरुको नल्याउने हो भने जसजसका परिवारबाट कोरियामा शहिद भए, उहाँहरुले हाम्रो पार्टी, आन्दोलन र नेतृत्वप्रति कहिल्यै बिश्वास गर्दैनन् ।’
पति वियोगमा परेकी माओकी बुहारीले माओको कुरामा चित्त बुझाइन्, किनकी उनी पनि एक योद्धा थिइन् । यसकारण नै माओ, कमरेड माओ बने । आजसम्म त्यसरी नै बाँचिरहेका छन् ।
आज पनि दैनिक ६५ हजार चिनियाँ युवाहरुले शाओशान स्थित उनको घर (जुन घरलाई संग्रहालय बनाइएको छ) को अवलोकन गर्छन् र हाम्रा महान नेता भनेर ह्दयदेखि नै सम्मान र आदर गदैं गर्वले छाती फुलाउँछन्् । साम्राज्यवाद र विस्तारवादका विरुद्द कहिल्यै घुँडा नटेक्नैे प्रण गर्छन् । तर हाम्रा नेताहरु. ………………..????????? तिनका झोले कार्यकताहरु ………………????????? र नौ जवान युवाहरु ………………?????????
लेखकः देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल गण्डकी प्रदेश अध्यक्ष हुन् ।