नवलपरासीबाट लागूऔषधसहित एक महिला पक्राउ




नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिका वडा नं १२ पचगाँवाबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

 

नवलपरासी प्रहरीका अनुसार शंकास्पद अवस्थामा हिँडिरहेकी रामग्राम १२ निवासी वर्ष ३५ की वेवीदेवी बानियाँलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

 




प्लाष्टिकको झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा लागूऔषध (मनोद्धिपक पदार्थ) बुप्रिनर्फिन २२ एम्पुल, फेनारगन २२ एम्पुल र डाईजेपाम २२ एम्पुल गरी जम्मा ६६ एम्पुल फेला परेको प्रहरीको भनाइ छ ।

 

लागूऔषधसहित बानियाँलाई नियन्त्रणमा लिएर प्रहरीले लागुऔषध ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ ।

 

संखुवासभाबाट गाँजा सहित २ जना पक्राउ

संखुवासभा। संखुवासभाबाट गाँजा सहित २ जना पक्राउ परेका छन्।

 

खाँदवारी नगरपालिका– ३ माल्टा खोला छेउबाट नियन्त्रीत लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।

 

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट सुमनचौकबाट खटिएको प्रहरी टोलीले चिचिला गाउँपालिका– १ का ३० बर्षीय बबी गुरुङ र २९ बर्षीयय बिकास गुरुलाई ८ केजी लागुऔषध गाँजा सहित आईतबार राती १० बजे  पक्राउ गरेको हो।

 

लागुऔषध गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान भईरहेको छ

 



सम्बन्धित
Loading...