रामग्राम नगरपालीकाले स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ ।
रामकरण अम्बेडकर : पश्चिम नवलपरासीको रामग्राम नगरपालिका भित्र कोभिड–१९ विरुद्धको पूर्णखोप तथा १५ महिना सम्म लगाउनु पर्ने सम्पुर्ण खोपको पुर्ण खोप सुनिश्चित्ता घोषणको अवस्था सम्म खटिनु हुने स्वास्थ्य स्वयमसेविका स्वास्थ्यकर्मीहरु लगायत लाई रामग्राम लगरपालीकाले सम्मान गरेको छ ।
आज एक कार्यक्रम नगरपालिकालाई कोभिड–१९ विरुद्धको पूर्णखोप तथा पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो । जिल्लाका सरावल गाउँपालिका, पाल्हीन्दन गाउँपालिका, प्रतापपुर गाउँपालिका,सुनवल नगरपालिका बर्दघाट नगरपालिका कोभिड–१९ विरुद्धको पूर्ण र पूर्ण खोपयुक्त पालिका घोषणा भइसकेको छ ।
नियमित खोपतर्फको पूर्ण खोपयुक्त जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव र प्रमुख जिल्ला अधिकारी श्रावण कुमार पोख्रेलले कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषण गरेका हुन ।
कार्यक्रममा बोल्दै जिसस प्रमुख भगौती यादवले नगरलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित घोषणा भए पनि दीगो तर्फ लाग्नुपर्नेमा जोड दिएको बताए ।
नवलपरासी जिल्ला कोभिड-१९ विरुद्धको पूर्ण खोप घोषणा भए पनि प्रदेश र केन्द्रका अनुगमन पछि मात्र आधिकारिक घोषणा हुने प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए । रामग्राम नगरपालिकाका १२ वर्ष माथिका ५३ हजार ३ सय ८८ जनसङ्ख्या मध्ये ५३ हजार ९३ जनाले पूर्ण खोप लगाएको प्रतिवेदनमा जनाइएको छ ।
कोभिड-१९ विरुद्धको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला खोप समन्वय समिति र नियमित खोप सम्बन्धित जिसस प्रमुखको नेतृत्वमा रहेको जिल्ला खोप समन्वय समितिको नियमनको आधारमा पालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ओमप्रकाश पन्थीले बताए ।
कार्यक्रममा रामग्राम नगरपालिकाकी उप प्रमुख सम्झना चौधरी, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद रेग्मी स्वास्थ्य शाखाका अनिल खड्का स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज हरिजन सुर्कौली स्वास्थ्य चौकीका प्रमुख बलराम सापकोटा जिल्लाका सबै सुरक्षा निकाय प्रमुखहरू निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद रेग्मी लगायत नगरका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंमसेवीका,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
Nalgad Munic