केन्यामा नदीमा बस खस्यो, २४ जनाको मृत्यु




केन्यामा नदीमा बस खस्दा केन्यामा आइतबार कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

 

राजमार्गमा कुदिरहेका बेला आइतबार बेलुका बस नदीमा खसेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

 




घटना भएको थाहा पाउने वित्तिकै सुरक्षाकर्मी, उद्धारकर्ता र स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्धारमा खटिएको केन्या रेडक्रस सोसाइटीले जनाएको छ ।

 

देशको मध्य भागमा पर्ने मेरुबाट राजधानी नैरोवीतर्फ गइरहेको बेला बस निथी नदीमा खसेको हो । बस राजमार्गबाट ४० मिटर तल खसेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

दुर्घटनामा परेका अरु २० भन्दा बढी यात्रुलाई स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।

दुर्घटनाको स्पष्ट कारण नखुले पनि बस तिव्र गतिमा रहेको र नियन्त्रण गुमाएकाले दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

 

 



सम्बन्धित
Loading...